‘दुःख दिनलाई नभई अपराध नियन्त्रणका लागि गाडीमा कालो सिसाको प्रयोग रोक्न खोजेका हौं’
corporatenepal.com · Mon Jun 29 10:16:52 GMT 2026

काठमाडौं । गैरकानुनी क्रियाकलापहरूको नियन्त्रणका निमित्त गाडीमा प्रयोग गरिएको कालो सिसा, कालो स्टिकर हटाउने तथा जरिवाना गर्ने कार्य ट्राफिकले अभियानकै रूपमा सञ्चालन गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताएका छन् । काफ्लेले कर्पोरेट नेपालसँगको कुराकानीको क्रममा गाडीमा कालो सिसाको प्रयोग नियमसम्मत नभएको उल्लेख गर्दै यस्तो कार्यको थालनी गरेको जानकारी दिए ।
सोही विषयमा छलफलको निमित्त काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज गृहमन्त्री सुधन गुरुङ पनि पुगेका थिए । गृहमन्त्री गुरुङले पनि नियम अनुसार नभए जरिवाना हुनुपर्ने उल्लेख गरेको बताउँदै काफ्लेले भने – ‘अपराधमा मुछिएको व्यक्ति बाहिर खोज्दा नभेटिने तर कालाे सिसाको गाडीमा घुमिरहेको अवस्थाको मूल्याङ्कन गर्दै यसको सम्बोधनका लागि गाडीको सिसामा कालो स्टिकर टाँस्ने परिपाटिलाई निरुत्साहित गर्नको लागेका हौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)