फुल्चोकीमा अलपत्र तीन जनाको उद्धार
kendrabindu.com · Mon Jun 08 00:49:34 GMT 2026

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
काठमाडौं महानगरपालिका–२२ का एक पुरुष र दुई महिला फुल्चोकी भ्रमणपछि फर्किने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेको अवस्थामा आज प्रहरीले उद्धार गरेको हो । उनीहरू हराएको सूचना जिल्ला प्रहरी परिसर ललितपुरको परिचालन कक्षमा प्राप्त हुनासाथ तत्काल उद्धार टोली परिचालन गरिएको परिसरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)