डलर स्थिर रहदा घटे युरो र पाउन्ड
himalpress.com · Mon Jun 08 00:49:33 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलरको भाउ भने घटेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। हिजो (आइतबार) पनि अमेरिकी डलरको नेपाली मूल्य यति नै थियो।
आज युरोपियन युरो १ को खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो १ को खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा थियो। आज यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।आइतबार यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)