गाजामा इजरायली आक्रमण तीव्रः १८ प्यालेस्टिनीको मृत्यु, ट्रम्पको शान्ति योजनामा अन्योल
clickmandu.com · Mon Aug 03 06:19:06 GMT 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्षको युद्धविराम सम्झौता कार्यान्वयनका प्रयासहरूमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको घोषणा गरे तापनि आइतबार लगातार दोस्रो दिन गाजामा इजरायली हवाई आक्रमण जारी रह्यो ।
स्वास्थ्यकर्मीहरूका अनुसार, यस आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार, आइतबार बिहानैदेखि इजरायली युद्धविमानहरूले उत्तरी गाजा सहर, मध्य क्षेत्रको देइर अल–बलाह र दक्षिणी खान युनिसमा बमवर्षा गरेका थिए । यो हप्तौंपछिको सबैभन्दा ठूलो दैनिक मृत्युदर हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)