नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच कालो सिसा हटाउने सम्बन्धमा छलफल
ajakoartha.com · Mon Jun 29 10:34:00 GMT 2026

काठमाडौं- आज मिति २०८३ साल असार १५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी सवारी साधनहरुमा प्रयोग भईरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रुपमा छलफल गरेको छ ।
सो छलफलको क्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएका कालो सिसा भएका सवारी साधनहरु विभिन्न अपराधिक क्रियाकलापमा प्रयोग भईरहेको देखिएकोले सवारी व्यवस्थापन ऐन २०४९ मा भएको व्यवस्था अनुसार सवारी साधनहरुमा कालो सिसा हटाउन लागेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)