अखाद्यवस्तु बेच्नेलाई कारबाही
gorkhapatraonline.com · Mon Jun 08 00:51:33 GMT 2026

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ, हेटौँडा र बाराका विभिन्न खाद्य उद्योग, होटेल तथा रेस्टुरेन्टमा आकस्मिक अनुगमन गरी अखाद्यवस्तु बिक्री गर्नेलाई कारबाही गरेको छ । विभागको संयुक्त टोलीले मोबाइल घुम्ती प्रयोगशालाको प्रयोग गरी गरेको अनुगमनमा खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापर्बाही भेटिएपछि स्थलगत रूपमै अखाद्यवस्तु नष्ट गर्ने र सम्बन्धित व्यवसायीलाई कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
हेटौँडा र बाराका होटेलमा अखाद्य तेल र रङको प्रयोग भएको, तेल पटक पटक प्रयोग गरिएको (टिपिएम) को मात्रा बढी भएको) पाइएको छ । हेटौँडास्थित हेटौँडा भेटघाट रेस्टुरेन्टमा तेलको परीक्षण गर्दा ४५ देखिएको थियो, जुन मापदण्ड प्रतिकूल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)