सुस्तामा तनाव किन बढ्यो, अहिलेको अवस्था के छ ?
barnanmedia.com · Mon Aug 03 06:19:26 GMT 2026

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा अस्थायी बाँध निर्माणका क्रममा फेरि नेपाल–भारत सीमा विवाद सतहमा आएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी र स्थानीयवासीबीच तनाव उत्पन्न भएपछि सशस्त्र प्रहरी बल नेपालले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको जनाएको छ । गृह मन्त्रालयले भने अहिले अवस्था सामान्य रहेको जनाएको छ ।
सुस्ता क्षेत्र नेपाल–भारतबीच हालसम्म औपचारिक रूपमा सिमाङ्कन नभएको संवेदनशील क्षेत्र हो । दुवै देशबीच सीमा टुंगो नलाग्दासम्म उक्त क्षेत्रलाई ’स्टाटस–को’ (यथास्थिति) मा राख्ने सहमति छ। यही कारण दुवै पक्षले केही भूभागमा आ–आफ्नो दाबी गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)