युद्धविराम सम्झौता विफल बनाउन गाजामा आक्रमण तीव्र पारेको आरोप
ratopati.com · Mon Aug 03 06:50:14 GMT 2026

गाजापट्टी । युद्धविराम सम्झौतामा खलल पुर्याउन इजरायलले गाजा क्षेत्रमा आक्रमण गरेको प्यालेस्टिनी समूह हमासले आरोप लगाएको छ । हमासले जारी गरेको विज्ञप्तिमा इजरायलको जानाजानी गरिएको सैन्य आक्रमणको तीव्रताले मध्यस्थकर्ताहरू, विशेषगरी अमेरिकासँग भएको समझदारीलाई अवरुद्ध गर्न खोजेको दाबी गरिएको छ ।
ती समझदारीहरू युद्धविराम सम्झौताको दोस्रो चरण लागू गर्नका लागि भएको बताइएको छ । इजरायलको अन्धाधुन्ध र आपराधिक बमबारीका कारण गाजामा सम्पूर्ण परिवारहरूकै मृत्यु भएको आरोप लगाउँदै मध्यस्थकर्ताहरूलाई इजरायलमाथि तत्काल दबाब सिर्जना गरेर आक्रमण रोक्न हमासले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)