सिस्टम डाउन भई बन्द भएको निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा
swasthyakhabar.com · Mon Aug 03 06:48:13 GMT 2026

काठमाडौं - सिस्टम डाउन भई बन्द भएको निजामती कर्मचारी अस्पतालको सेवा पुनः सञ्चालनमा आएको छ। बिहान ६:३० बजेदेखि ८:०० बजेसम्म बन्द भएको सिस्टम अहिले सञ्चालनमा आएको अस्पतालका उपसचिव अच्युत रेग्मीले बताए।
उनका अनुसार करिब डेढ घण्टा बन्द भएको सिस्टम पुनः सञ्चालनमा आएको हो। टिकट काट्ने समयमा सिस्टम डाउन भएपछि बिहानै अस्पताल पुगेका बिरामी र तिनका आफन्तहरूले नाराबाजी गर्दा केही बेर अस्पतालको वातावरण तनावपूर्ण बनेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)