बसको ठक्करपछि सुनकोशीमा कार खस्यो
kalakarmi.com · Mon Aug 03 06:48:41 GMT 2026

रामेछाप- रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना क्षेत्रस्थित लिखु खोला नजिक सुनकोशी नदीमा यात्रुसहितको एक कार खसेको छ । प्रारम्भिक जानकारीअनुसार मध्यपहाडी राजमार्गअन्तर्गत सडक निर्माणस्थलमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार बसको ठक्करपछि अनियन्त्रित भई नदीमा खसेको हो ।
फिक्कल गाउँपालिका–२, नवलपुर (सिन्धुली) क्षेत्रमा भएको उक्त दुर्घटनामा कारमा चार जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा उद्धार टोली घटनास्थलमा परिचालन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)