लागूऔषध कारोबारको आरोपमा तीन महिनामा तीन हजार ३१६ जना पक्राउ
barnanmedia.com · Mon Aug 03 06:43:50 GMT 2026

नेपाल प्रहरीले गत वैशाख १ देखि असार मसान्तसम्म देशभरबाट तीन हजार ३१६ जनालाई लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ।
काठमाडौँ उपत्यकाबाट ५११ जना, कोशी प्रदेशबाट ७१३ जना, मधेश प्रदेशबाट २५५ जना, बागमती प्रदेशबाट ४२८ जना, गण्डकी प्रदेशबाट १८९ जना, लुम्बिनी प्रदेशबाट ५११ जना, कर्णाली प्रदेशबाट १२१ जना, सुदूरपश्चिम प्रदेशबाट ४५७ जना र लागूऔषध नियन्त्रण ब्युरोबाट १३१ जना पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)