माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार
ajakoartha.com · Mon Aug 03 06:59:00 GMT 2026
काठमाडौं- विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीचको पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ। सन् २०२६/२७ सिजनदेखि लागू भएको यस सहकार्यअन्तर्गत माइडिया एफसी बार्सिलोनाको Main Partner तथा Official Home Appliances Partner बनेको हो ।
सन् २०३०/३१ सिजनसम्म कायम रहने उक्त साझेदारी १ जुलाई २०२६ देखि कार्यान्वयनमा आएको हो । यससँगै एफसी बार्सिलोनाको पुरुष पहिलो टोलीले खेलका दिन तथा प्रशिक्षणका क्रममा लगाउने जर्सीको बायाँ बाहुलामा माइडियाको लोगो समावेश गरिएको छ। एफसी बार्सिलोनाले सन् २०२६/२७ सिजनका लागि सार्वजनिक गरेको नयाँ घरेलु जर्सीमा माइडियाको लोगो पहिलोपटक देखिएको हो। क्लबको परम्परागत नीलो र गाढा रातो पहिचानलाई आधुनिक स्वरूपमा प्रस्तुत गरिएको नयाँ जर्सीले बार्सिलोनाको इतिहास, ऊर्जा र भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)