स्थानीय आवश्यकताबाट विश्व बजारसम्म, आर्कबोको एचआर प्रविधि यात्रा
ictsamachar.com

काठमाडौं । नेपालमा डिजिटल रूपान्तरणको बहस तीव्र बन्दै जाँदा अधिकांश संस्थाको मानव स्रोत (एचआर) व्यवस्थापन अझै पनि परम्परागत प्रक्रियामा निर्भर छ । कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन, तालिम व्यवस्थापन, सिकाइको अभिलेख, नेतृत्व विकास र संस्थागत ज्ञान व्यवस्थापनजस्ता काम अझै पनि धेरै संस्थामा कागजी अभिलेख वा छुट्टाछुट्टै सफ्टवेयरमार्फत सञ्चालन भइरहेका छन् । यस्तै चुनौतीलाई लक्षित गर्दै स्थापना भएको हो आर्कबो टेक्नोलोजिज प्रालि ।
सन् २०२३ मा काठमाडौंमा स्थापना भएको आर्कबो टेक्नोलोजिजले मानव स्रोत व्यवस्थापन, कर्मचारी विकास र संस्थागत सिकाइलाई डिजिटल बनाउने उद्देश्यसहित आफ्ना समाधान विकास गर्दै आएको छ । कम्पनीको नेतृत्व रवि न्यौपाने (सीईओ), क्षितिज न्यौपाने (सीटीओ) र भूषण राज गिरी (सीओओ) ले गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)