जीवन बीमाको व्यापार २ खर्ब बढी : शिर्षस्थानमा नेपाल लाइफ, आईएमईको लोभलाग्दो वृद्धि
aarthiknews.com

काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा जीवन बीमा कम्पनीहरूले कुल २ खर्ब ४ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये १४ ठूला जीवन बीमा कम्पनीले २ खर्ब रुपैयाँ, माइक्रो जीवन बीमा कम्पनीले १ अर्ब २१ करोड र वैदेशिक रोजगार म्यादी जीवन बीमा बापत ३ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
समग्रमा जीवन बीमा कम्पनीको व्यापार १२.२५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष जीवन बीमाको व्यापार १ खर्ब ८२ अर्ब २७ करोड रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)