दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै, १०/१० मिनेटमा अनुगमन
onlinekhabar.com · Mon Aug 03 07:10:20 GMT 2026

१८ साउन, चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुवे दाह्रा काटिएपछि पनि निकुञ्ज भित्रै बस्ने गरेको छ । जनधनको क्षति पुर्याएपछि ध्रुवेलाई नियन्त्रणमा लिएर गत असार ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्रको सुखिभार पोष्ट नजिक दुईवटै दाह्रा काटिएको थियो ।
सो हात्तीका शरीरमा नयाँ ‘रेडियो कलर’ जडान गरिएको थियो । निकुञ्जका संरक्षण अधिकृत प्रवीन पौडेलका अनुसार दाह्रा काटिएपछि ध्रुवे निकुञ्जभित्र नै बस्दै आएको छ । सो हात्ती आइतबार बिहान माडीको अमेलिया कृषि फर्म पुगेको स्थानीयवासीले जनाएका छन् । यो क्षेत्र निकुञ्जसँग जोडिएको रिउखोला आडमा पर्दछ । त्यसबाहेक बस्ती पसेर दुःख नदिएको जनाइएको छ । ध्रुवेको १०/१० मिनेटमा अनुगमन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)