टेकुमा एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन [भिडियो]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिनका लागि सर्वसाधारणको लामो लाइन लागेको छ। सुगम, नेपाल, एभरेस्ट, एलपी, राजधानी र त्रिवेणीलगायत विभिन्न कम्पनीका सिलिण्डरहरू हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरू पालो पर्खिरहेका दृश्यहरू देखिएका छन्।
खुद्रा डिलरहरूमा ग्यास नपाएपछि रित्तो सिलिण्डर बोकेर सर्वसाधारण टेकु पुग्न बाध्य भएका छन्। नागरिकहरूले हडबडिएर आवश्यकताभन्दा बढी सञ्चय गर्न खोज्दा र स्थानीय डिलरहरूले कृत्रिम अभाव सिर्जना गर्दा समस्या देखिएको आयल निगमको तर्क छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)