नेपाल आयुर्वेद चिकित्सा परिषद् नेपालको अध्यक्ष पदका उम्मेदवारको अन्तर्वार्ता हुँदै
ratopati.com · Mon Aug 03 07:32:33 GMT 2026

काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सा परिषद् नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्ता हुँदैछ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले आज सोमबार २ बजेको लागि अन्तरवार्ताको समय तोकेको हो ।
परिषद् अध्यक्षमा जया सत्याल, देवकला भण्डारी, श्याम बाबु यादव र सिद्धार्थकुमार ठाकुर अन्तर्वार्ताका लागि छनौटमा परेका थिए । यस्तै नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा अल्पसूचीमा छनौट उम्मेदवारको अन्तर्वार्ता भोली मङ्गलवार १० बजे समय तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)