पार्टी जागरण अभियान सबै पालिकामा सुरु गर्न महासचिव पोखरेलको निर्देशन
nagariknews.nagariknetwork.com · Mon Aug 03 07:13:15 GMT 2026

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन पार्टी जागरण पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा सुरु गर्न निर्देशन दिएका छन्।
पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरू र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त निर्देशन दिएका हुन्। उनले पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ सुरु गरिएको यस अभियानलाई सफल पार्न पार्टी कमिटी मात्र नभई जनसंगठनहरू पनि परिचालन गर्ने योजना बनाइएकाले सोही अनुसार परिचालित हुन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)