आइएमई लाइफ इन्स्योरेन्स 'बिजनेश एक्सिलेन्स अवार्ड नाइट २०२६' सम्पन्न
ajakoartha.com · Mon Aug 03 07:34:00 GMT 2026

काठमाडौं- आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते शुक्रवार होटेल याक एण्ड यतीमा एक भव्य समारोह बीच आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६ सम्पन्न भएको छ ।
कम्पनीमा आवद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नकालागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजना नियमित रुपमा गर्ने गर्दछ । उपरोक्त कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)