कर्फ्यु र निषेधाज्ञा हटेसँगै मधेशमा बढ्न थाल्यो चहलपहल
canadanepal.com · Mon Aug 03 07:46:41 GMT 2026

मधेश - अशान्त मधेश प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ । सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेश प्रदेश तनावग्रस्त बनेको थियो । गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् मधेश प्रदेशमा लयमा फर्किन थालेको हो ।
धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञा हटेको छ । उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ । स्थानीय विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)