गोरखामा पहिरोले पक्की घर बगायो, एकजना घाइते
annapurnapost.com · Mon Aug 03 07:46:52 GMT 2026

गोरखा : अविरल झरीपछि पहिरोले गोरखामा एक घर बगाएको छ । गोरखा नगरपालिका -९ लक्ष्मीबजारस्थित मानसिंह गुरुङको घर पहिरोले लगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सोमबार बिहान ११ बजे गुरुङको तीनतले पक्की घर जगैदेखि बगाएर लगेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । ‘पहिरोले बगाएर यथास्थितिबाट करिब २० मिटर तल पुर्याएको छ’, उनले भने, ‘दुर्घटनामा परी सोही घरमा डेरा गरी बस्ने कटरिया नगरपालिका ७ रौतहटका टोखान महतो घाइते भएका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)