भलिबलमा व्यस्त वर्ष, राष्ट्रिय लिगदेखि एसियाली खेलकुदसम्म प्रतिस्पर्धा
kalakarmi.com · Mon Aug 03 08:18:28 GMT 2026
काठमाडौं- नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र महासचिव रोशन श्रेष्ठले सार्वजनिक गरेको कार्यक्रमअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासहित प्रशिक्षण, रेफ्री तथा प्रशिक्षक विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रमअनुसार ३५औँ राष्ट्रिय पुरुष तथा २५औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ । त्यस्तै, १०औँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप तथा ११औँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग काठमाडौंमा आयोजना गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)