काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट, अनलाइनबाट सुझाव दिन सकिने
techpana.com · Mon Aug 03 08:26:37 GMT 2026

काठमाडौं । काठमाडौं विश्वविद्यालयले उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत १० जना उम्मेदवारको सर्टलिस्ट (संक्षिप्त सूची) सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयले उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३ अनुसार स्वीकृत दरखास्तमध्ये सर्टलिस्टमा परेका उम्मेदवारहरूको नामावली सोमबार प्रकाशन गरेको हो ।
मन्त्रालयका अनुसार दयाराम पोखरेल, निरञ्जन पराजुली, बाल चन्द्र लुइटेल, विकाश नकर्मी, बिम प्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सन्जेल, सुवोध शर्मा र हरि प्रसाद न्यौपाने सर्टलिस्टमा परेका हुन् । सर्टलिस्टमा परेको उम्मेदवारहरूको बारेमा साउन २० गतेभित्र अनलाइनबाट राय तथा सुझाव दिन सकिनेछ । जसका यो लिंक प्रयोग गर्न सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)