कालीकोटमा नदीजन्य पदार्थ उत्खननमा प्रशासनको प्रतिबन्ध
shilapatra.com · Fri Jun 26 00:51:00 GMT 2026

कालीकोटमा नदी, खोलाबाट ढुंगा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको हो ।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य हुँदै आइरहेको र पटकपटकका जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएर मात्र कानुनसम्मत रूपमा उत्खनन तथा उपयोग गर्ने निर्णय भएकामा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)