सुनकोसीमा खसेको कारमा सवार थिए ३ जना
ratopati.com · Mon Aug 03 08:08:29 GMT 2026

काठमाडौँ । सिन्धुलीस्थित सुनकोसी नदीमा खसेको कारमा चालकसहित ३ जना रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कार चालक सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाका दिलकुमार लामासहित तीन जना सवार रहेको खुलेको हो ।
लामा सडक विभाग अन्तर्गत मध्यपहाडी लोकमार्ग अन्तर्गत मुलकोट खण्डको ठेकेदार समेत रहेको बुझिएको छ । त्यस्तै, कारमा रहेका अर्का स्काइभेटरका ड्राइभर रहेका र अर्का एक जना हेल्पर रहेको सिन्धुली प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)