शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
ratopati.com · Mon Aug 03 07:45:55 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै, विद्यालय शिक्षामा विशेष गरी चेस खेलको प्रवर्द्धन तथा भविष्यमा खेलकुदका क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा विचार विमर्श भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)