स्थापित नेतृत्वको विकल्प चमत्कारी शक्ति हुन सक्दैन : सांसद शर्मा
ratopati.com · Mon Aug 03 08:23:41 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद युवराज शर्माले स्थापित राजनीतिक दल र नेतृत्वलाई बिर्सिएर अचानक उदाएका शक्तिहरूबाट मुलुकको रूपान्तरण सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले बिपी कोइराला, गणेशमान सिंह र पुष्पलाल जस्ता नेताहरूले त्याग गरेर निर्माण गरेको लोकतान्त्रिक जगलाई नजर अन्दाज गर्न नमिल्ने बताए ।
सांसद शर्माले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट उदाएका नयाँ राजनीतिक दल र नेतृत्वप्रति लक्षित गर्दै भने– ‘अकस्मात् धुरन्धर बनेर उदाएकाहरूको परीक्षण नागरिकले मतदानमार्फत गरिसकेका छन्। त्यसको प्रारम्भिक नतिजा देखिइसकेको छ, अन्तिम नतिजा हेर्न केही समय कुर्नैपर्छ।’ शर्माले इतिहास र त्यागको जग नभएका शक्तिहरूले दिगो परिवर्तन ल्याउन नसक्ने दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)