कक्षा १२ सम्म सामाजिक अध्ययनको नयाँ पाठ्यक्रम लागू हुने
ratopati.com · Mon Aug 03 08:42:35 GMT 2026

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०८४ देखि विद्यालय तहका विभिन्न कक्षामा नयाँ स्वीकृत पाठ्यपुस्तक तथा परिमार्जित पाठ्यक्रम अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ।
केन्द्रले सोमबार जारी गरेको सूचना अनुसार कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयको स्वीकृत पाठ्यक्रमका आधारमा तयार पारिएका कक्षा ५, ८, १० र १२ कक्षाका नयाँ पाठ्यपुस्तकहरू शैक्षिक सत्र २०८४ देखि पठनपाठनमा ल्याइने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)