दुई छोरा लिएर फिल्म बनाउँदै सनी देओल
ratopati.com · Mon Aug 03 09:12:10 GMT 2026

मुम्बई । अभिनेता सनी देओल यतिबेला फिल्म ‘बटवारा १९४७’ को प्रमोसनमा व्यस्त छन् । हालै फिल्मको प्रचारका क्रममा उनले आफ्नो आगामी प्रोजेक्ट ‘अशोक स्तम्भ’ हुने बताएका छन् । उक्त प्रोजेटमा उनले आफ्ना छोराहरूलाई पनि सामेल गराउन चाहेको उनको भनाइ थियो ।
सनी देओल आफ्नो फिल्म ‘बटवारा १९४७’ को प्रमोसनका लागि पटना पुगेका थिए । त्यहाँ उनले भनेका छन् ,‘अशोक स्तम्भ मेरो मुटुको धेरै नजिक छ । राजकुमार सन्तोषीले मलाई यसको कथा सुनाउनुभएको छ र चन्द्रप्रकाश द्विवेदीले पनि मलाई कथा सुनाउनुभएको छ । मलाई विश्वास छ कि म आफ्ना दुवै छोराहरूलाई पनि यसमा सामेल गर्न सक्छु । किनभने यसको एउटा विशाल इतिहास छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)