सन् २०२५ मा ७४८ जनाले चढे सगरमाथा
corporatenepal.com · Mon Aug 03 09:09:05 GMT 2026

काठमाडौं । सन् २०२५ को आरोहण सिजनमा कुल ७४८ जना आरोहीहरूले सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागको तथ्याङ्क अनुसार सगरमाथा आरोहण गर्नेहरूमा ४६४ जना नेपाली र २८४ जना विदेशी आरोहीहरू रहेका छन् ।
तथ्यांकअनुसार सगरमाथा आरोहण गर्नेहरूमा ६८ जना महिलाहरू रहेका छन् । यससँगै सगरमाथा चुम्ने कुल आरोहीहरूको सङ्ख्या ९ हजार ८ सय २५ पुगेको छ । आरोहणका लागि विभिन्न ४३ वटा देशका नागरिकहरू नेपाल आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)