फेरि पहिरो झर्दा मुग्लिन–नारायणगढ सडक पूर्ण अवरुद्ध, दुईतर्फ सवारी रोकियो
nagariknews.nagariknetwork.com · Mon Aug 03 09:23:12 GMT 2026

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिकै पहिरो खसेपछि दिउँसो २:१० बजेदेखि सडक दुवैतर्फ बन्द भएको हो। पहिरो हटाउन एउटा डोजरसहितको उपकरण परिचालन गरिसकिएको छ भने थप दुईवटा उपकरण घटनास्थलतर्फ पठाइएको जनाएको छ।
कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)