देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा बहाव रहने
nepalnews.com · Mon Jun 08 01:04:48 GMT 2026

काठमाडौं । हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न भागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको स्थिति बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बादल लागेको छ। यसै प्रभावका कारण कोशी प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)