मधेसमा खानेपानीको हाहाकार: दिगो र दीर्घकालीन योजना ल्याउन संसदीय समितिको जोड
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेस प्रदेशमा देखिएको गम्भीर खानेपानीको अभाव र जलस्रोत व्यवस्थापनको समस्या समाधानका लागि तत्काल दीर्घकालीन तथा दिगो योजना ल्याउनुपर्ने निष्कर्ष निकालेको छ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ पेस गर्दै मधेसमा खानेपानी र कृषिको क्षेत्रमा ठूलो संकट उत्पन्न भएको जानकारी गराए। प्रतिवेदनअनुसार जलवायु परिवर्तन, वर्षाको अनियमित ढाँचा, चुरे भावर क्षेत्रको विनाश र अत्यधिक दोहनका कारण जल पुनर्भरण प्रक्रिया अवरुद्ध हुँदा मधेसका भूमिगत जलस्तर औसतमा दुई देखि तीन मिटरसम्म तल झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)