शरणार्थी प्रकरण: परराष्ट्रका सहसचिव भट्टराई पक्राउ, १७ वर्ष पुरानो राहदानी धाँधलीमा मुद्दा दर्ता
canadanepal.com · Mon Aug 03 09:47:44 GMT 2026

काठमाडौ- नक्कली कागजातका आधारमा तिब्बती शरणार्थीलाई जर्मन पठाउन खोजेको १७ वर्ष पुरानो घटनामा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा पेस गरेको छ। अब अदालतमा बयान सकिएपछि थुनछेक आदेश हुनेछ।
सीआईबीको आरोपपत्र अनुसार, भट्टराई २०६५-२०६६ सालमा परराष्ट्र मन्त्रालयको राहदानी शाखामा कार्यरत थिए। सोही क्रममा उनले बुझेका ५०० थान ट्राभल डकुमेन्टमध्ये केही इजिप्टको कायरोस्थित नेपाली दूतावासमा पठाएको भनी गलत विवरण देखाएर तीन जना तिब्बती शरणार्थीको नाममा दुरुपयोग गरेका थिए। काठमाडौँस्थित जर्मन दूतावासले २८ असार २०६८ मा ५ जना शंकास्पद व्यक्तिको फर्जी डकुमेन्टका विषयमा अनुसन्धान गर्न सीआईबीलाई पत्र पठाएपछि यो प्रकरण बाहिर आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)