नेप्सेमा गिरावट, कारोबार रकम साढे ४ अर्ब नाघ्यो
kendrabindu.com · Mon Aug 03 09:56:18 GMT 2026

काठमाडौं। साताको पहिलाे कारोबारका दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य गिरावटका साथ बन्द भएको छ। नेप्से सूचक १.२० अङ्कले घटेर २,६८४.३३ अङ्कको विन्दुमा अडिएको हो।
बजारमा सामान्य अंकको सुस्तता देखिए पनि शेयर कारोबार रकममा भने उत्साहजनक सुधार आएको छ। दिनभर भएका ६३ हजार ६४८ पटकका कारोबारबाट ३४९ वटा कम्पनीका १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोड २० लाख रुपैयाँभन्दा बढी पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)