राष्ट्रियसभा : जनअपेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह
nepalnews.com · Mon Aug 03 09:56:46 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनताको विश्वास र अपेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह गरेका छन्। सभाको विशेष समयमा सदस्यहरूले सरकारबाट जनताले आफ्ना हरेक समस्याको समाधान खोज्ने भएकाले जनअपेक्षा बमोजिम काम गर्नुपर्ने बताए।
बैठकमा नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले नेपाली जनताले विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारको नेतृत्वमा पुर्याएकाले जनताको चाहना र भावना बमोजिम काम गर्न आग्रह गरे। उनले मुलुकको स्वतन्त्रता र लोकतन्त्रका लागि त्याग र समर्पण गरेका नेताहरूको आदर्शबाट सकारात्मक पाठ सिकेर जनहितमा केन्द्रित हुँदै समस्या समाधानतर्फ लाग्नुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)