सुनसरी घटनाबाट हामीले के सिक्ने?
nagariknews.nagariknetwork.com · Thu Jul 30 02:57:53 GMT 2026

सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनालाई केवल कानुन–व्यवस्थाको समस्याका रूपमा हेरेर पुग्दैन। यो सामाजिक विश्वास, राज्यको पूर्वतयारी र सार्वजनिक जिम्मेवारीको पनि परीक्षा हो। घटनाको अनुसन्धानले दोषी र निर्दोष छुट्याउला तर यसले उठाएका प्रश्नको उत्तर कानुनी प्रक्रियाले मात्र दिन सक्दैन। ती प्रश्न समाज, राज्य र नागरिक सबैसँग सम्बन्धित छन्।
कुनै समाज एकै दिनमा विभाजित हुँदैन। त्यसैगरी, एउटा घटनाले मात्र समाजको चरित्र पनि निर्धारण गर्दैन तर केही घटनाले हाम्रो सामाजिक सहिष्णुता, संस्थागत क्षमता र सार्वजनिक संस्कृतिमा रहेका कमजोरीलाई उजागर गर्छन्। सुनसरीको घटनाले पनि त्यही गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)