ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान
rajdhanidaily.com · Mon Aug 03 10:24:23 GMT 2026

काठमाडौं । नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका साथ निर्यात व्यवसायीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार ओमन भ्रमणमा गएको छ । परराष्ट्र मन्त्रालय तथा ओमनस्थित नेपाली दूतावासको पहलमा आयोजना गरिएको यस भ्रमणले नेपाली वस्तुको बजारीकरण, व्यापार विस्तार तथा नेपाल–ओमनबीच प्रत्यक्ष व्यावसायिक साझेदारी (बिजनेस टु बिजनेस–बीटुबि) प्रवर्धन गर्ने लक्ष्य राखेको छ ।
निर्यात व्यवसायी महासंघ नेपालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले गरेका छन् । टोलीमा नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्य, महासंघका उपाध्यक्ष तथा नेपाल ह्यान्डमेड पेपर एसोसिएसनका अध्यक्ष किरणकुमार डंगोल, नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम चेम्जोङ, महासंघका सल्लाहकार स्वयम्भुरत्न तुलाधर, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष मनोजकुमार यादवसहित विभिन्न निर्यातमुखी उद्योग तथा वस्तुगत संघसंस्थाका गरी १५ जना व्यवसायी सहभागी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)