९ वर्षपछि पलेँटीमा फर्किए विधान श्रेष्ठ, प्रेमदेखि राष्ट्रभावसम्मका गीतले पाए ‘स्ट्यान्डिङ ओभेसन’
kalakarmi.com · Mon Jun 29 11:04:29 GMT 2026

काठमाडौं- गत शुक्रवार र शनिवार साँझ कालिकास्थानस्थित नेपालयको आरशालामा लोकप्रिय गायक विधान श्रेष्ठको पलेँटी सम्पन्न भएको छ । हरेक अंग्रेजी महिनाको सप्ताहान्तमा आयोजना हुँदै आएको यो कार्यक्रम विगत २१ वर्षदेखि सञ्चालन भइरहेको छ । विशेषगरी नेपाली संगीतका मुर्धन्य व्यक्तित्वहरूलाई प्रस्तुत गर्दै आएको पलेँटीले बेलाबखत नयाँ पुस्तालाई पनि समेट्ने गरेको छ ।
विधान श्रेष्ठले आजभन्दा नौ वर्षअघि पनि पलेँटी कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।लामो अन्तरालपछि पलेँटीमा पुनः सांगीतिक प्रस्तुति दिएका विधानले झण्डै डेढ दर्जन गीतहरु प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेका अधिकांश गीतहरु उनका पिता गीतकार तथा संगीतकार विजय श्रेष्ठले सृजना गरेका शब्द, संगीत रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)