लैंगिक हिंसा रोकथाम गर्न राष्ट्रिय नियामक प्रक्रियालाई सुदृढ बनाइँदै
nepalnews.com · Mon Aug 03 10:52:37 GMT 2026

काठमाडौँ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैंगिक हिंसालाई रोकथाम गर्न राष्ट्रिय नियामक प्रक्रियालाई सुदृढ गर्ने बताएकी छन्।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा बादीले साइबर सुरक्षा अब सूचनाको प्रविधिको विषय मात्रै नभई नागरिकको गोपनीयताका साथै राज्यप्रतिको नागरिकको विश्वाससँग प्रत्यक्ष जोडिएको विषय भएको बताइन्। उनले जुनसुकै माध्यमबाट हुने लैंगिक हिंसा रोकथाम गर्न राष्ट्रिय नियामक प्रक्रियालाई सुदृढ गर्ने आश्वासन दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)