प्रधानमन्त्रीसँग हरि खड्काको अपिल : हजारौँ खेलाडीको भविष्य बचाइदिनुस्
ratopati.com · Mon Aug 03 11:11:33 GMT 2026
काठमाडौँ । साफ च्याम्पियनसिप २०२६ मा नेपालको सहभागिता अनिश्चित बनेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का निलम्बित टेक्निकल डिरेक्टर तथा राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले प्रधानमन्त्रीसँग फुटबललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनः फर्काउन आवश्यक पहल गरिदिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खड्काले फिफाको निलम्बनका कारण नेपाली फुटबल गम्भीर सङ्कटमा परेको बताएका छन् । उनले हजारौँ खेलाडीको भविष्य, वर्षौंको मेहनत र राष्ट्रको प्रतिष्ठा दाउमा परेको उल्लेख गर्दै सम्बन्धित निकायसँग तत्काल समन्वय गरी समस्या समाधान गर्न सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)