‘दाइजो बेचेर खाडी पसेकी थिएँ, अहिले घर जग्गा जोडेँ’
ratopati.com · Mon Aug 03 11:13:29 GMT 2026

काठमाडौँ । माइतीले दिएको सुन बेचेर धुलिखेलकी सीता बजगाईँ कुवेतमा घरेलु श्रमिकका लागि पुगिन्। घरखर्च जुटाउन सुन बेचेर विदेशिनु उनको बाध्यता थियो। त्यसमा पनि साना नानीहरूलाई कोठा भाडामा राखेर समुद्रपारि जानु उनका लागि सजिलो थिएन।
डेढ दशकअघि घरेलु कामदारका रूपमा खाडी मुलुक पुग्दाका सङ्घर्ष सम्झँदा बजगाईँले जीवनमा धेरै सिक्ने र अनुभव गर्ने अवसर पाएको बताउँछिन्। “सन्तान हेरिदिने कोही थिएन,” उनी विगत सम्झँदै भन्छिन्, “ड्युटीबाट बिदा हुनेबित्तिकै छोराछोरीलाई भिडियोमार्फत फोन गर्थें, उनीहरूलाई सम्झाउँदै आफैँ रुन्थें।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)