अगस्ट ९ मा सिड्नीमा रामकृष्ण ढकालको च्यारिटी सांगीतिक साँझ
kalakarmi.com · Mon Aug 03 10:29:14 GMT 2026

काठमाडौं- नेपाली संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर प्रस्तुति रहने ‘रामकृष्ण ढकाल साँझ विद लाइभ म्युजिक’ आगामी अगस्ट ९ (आइतवार) अस्ट्रेलियाको सिड्नीस्थित ग्राण्ड प्यालेस रिसेप्सन, अबर्नमा आयोजना हुने भएको छ ।
A to Z Cleaning Supplies र RFM Facility Management को प्रस्तुतिमा तथा Mount Pumori Events को आयोजनामा हुन लागेको कार्यक्रम च्यारिटी म्युजिक नाइटका रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा सङ्कलित सहयोग सडकका कुकुरहरूको संरक्षण तथा कल्याणमा केन्द्रित हुने जानकारी दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)