सामुदायिक वनमा भेटियो ३२ नाल भरुवा बन्दुक
lokaantar.com

प्युठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट ३२ नाल भरुवा बन्दुक तथा त्यसका विभिन्न पार्टपुर्जा बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सामुदायिक वनभित्र पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा तथा ३ थान भरुवा बन्दुकका चाप फेला पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)