सेउटा सीमामा आएका अधिकांश मोरक्कन आप्रवासी फर्किए, स्थानीय अझै त्रसित
clickmandu.com · Mon Aug 03 11:21:58 GMT 2026

एजेन्सी । सप्ताहान्तमा सेउटा शहर पहिले जस्तो तनावपूर्ण देखिएन तर त्यहाँका बासिन्दाहरू भने अझै पनि साताभरिका घटनाहरूले त्रसित थिए ।
उत्तर अफ्रिकामा रहेको स्पेनको यो सानो क्षेत्रमा यस हप्ता पौडी खेलेर वा पर्खाल चढेर प्रवेश गरेका ६० हजार आप्रवासीहरूमध्ये धेरैजसो आइतबारसम्म मोरक्को फर्किसकेका थिए तर केही भने शहर वरपरका पहाडहरूमा अझै बसिरहेका थिए । हजारौं आप्रवासीहरूले प्रवेश गरेको समुद्री किनार नजिकै स्पेनको सिभिल गार्डका जहाजहरूले पानीमा शवहरूको खोजी कार्य जारी राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)