चालकसहित तीनजना वेपत्ता, खोजी जारी
annapurnapost.com · Mon Aug 03 09:03:08 GMT 2026

सिन्धुली : मध्य पहाडी लोकमार्गअन्तर्गत फिक्कल गाउँपालिका-२ नवलपुरबाट यात्रुसहित कार सुनकोसी नदीमा खस्दा चालकसहित तीनजना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी (डीएसपी ) विजय श्रेष्ठका अनुसार काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८(००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको नम्बर नखुलेको कारलाई ठक्कर दिएको थियो ।
बसले ठक्कर दिँदा अनियन्त्रित भई कार सुनकोसी नदीमा खस्दा कारका चालक सिन्धुपाल्चोकका ३९ वर्षीय दिल कुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलान्जोर गाउँपालिका-१ का अन्दाजी २७/२८ वर्षीय गणेश थापा र नाम थर,वतन नखुलेको एकजना हेल्पर बेपत्ता भएको प्रहरीले जनाएको छ। लामा मध्यपाहाडी लोकमार्ग निर्माणमा कन्ट्याक्टर हुन् । उनीहरू साइडमा काम सकेर खाना खान होटल तर्फ आउँदै थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)