सामसङ ग्यालेक्सी एस-२७ अल्ट्राको मूल्य १६ हजार जतिले बढ्ने निश्चित जस्तै, के आउँदैछ परिवर्तन?
techpana.com · Mon Aug 03 05:36:03 GMT 2026

काठमाडौं । सामसङले सन् २०२७ को सुरुवातमै सार्वजनिक गर्ने तयारी गरिरहेको आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस-२७ अल्ट्राको बारेमा नयाँ विवरणहरू बाहिर आएका छन् । पछिल्ला लिक हरूका अनुसार यो फोनको मूल्य उल्लेख्य रूपमा बढ्ने देखिएको छ । तर साथमा कम्पनीले ब्याट्री र क्यामेरा प्रविधिमा अहिलेसम्मकै ठुलो परिवर्तन गर्ने तयारी गरेको छ ।
दक्षिण कोरियाली आपूर्ति शृङ्खलाबाट बाहिरिएका रिपोर्टहरूका अनुसार ग्यालेक्सी एस-२७ अल्ट्राको मूल्य कोरियाली बजारमा १ लाख ५० हजार वन (करिब १६ हजार रुपैयाँ) सम्म ले बढ्न सक्छ । यो ग्यालेक्सी एस-२६ अल्ट्राको तुलनामा करिब ८.३ प्रतिशतको वृद्धि हो । यो मूल्य वृद्धि केवल अल्ट्रा मोडेलमा मात्र सीमित नभई आगामी ग्यालेक्सी एस-२६ एफई जस्ता अन्य मोडेलहरूमा पनि देखिने सङ्केत मिलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)