सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा आइतबार राति अचानक आएको सुक्खा पहिरोका कारण स्थानीय बासिन्दाहरू घर छाडेर अन्यत्र जान बाध्य भएका छन्।
आइतबार राति करिब ८ः३० बजे गाउँपालिका कार्यालय नजिकैको डाँडाबाट अचानक ढुङ्गा खस्न थालेपछि स्थानीयले घर छाडेर सुरक्षित स्थानतर्फ गएका छन्, जसकारण अहिले बजार क्षेत्र पूर्ण रूपमा सुनसान बनेको छ। मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलका अनुसार लगातार ढुङ्गा खस्ने क्रम सुरु भएपछि सम्भावित ठूलो दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)