सैन्य कारबाहीको सट्टा वार्ताको बाटोमा ट्रम्प, होला त सम्झौता ?
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार दिउँसोदेखि इरानसँग वार्ता सुरु हुने घोषणा गरेका छन्। साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) र कतारले सम्भावित सम्झौताको सम्भावना औँल्याउँदै नियोजित सैन्य हमला रोक्न आग्रह गरेपछि राष्ट्रपति ट्रम्पले सैन्य कारबाहीको सट्टा वार्ताको बाटो रोजेका हुन्।
जोइन्ट बेस एन्ड्र्युज जाने क्रममा एअर फोर्स वानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मज जलमार्ग र इरानको परमाणु निशस्त्रीकरणका विषयमा वार्ता केन्द्रित रहने जानकारी दिएका छन्। उनले भनेका छन्, ‘अहिले हामी वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, जुन सोमवार दिउँसोबाट सुरु हुनेछ। हर्मज जलमार्ग र इरानको निशस्त्रीकरणका विषयमा सम्झौता हुनेमा हामी आशावादी छौँ।’ साथै, इरान आफैँले पनि नियोजित सैन्य कारबाही पछि हटाउन अमेरिकालाई कडा आग्रह गरेको दाबी उनले गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)