इरानमाथिको सम्भावित सैन्य आक्रमण तत्कालका लागि स्थगन
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगन गर्न आफू सहमत भएको घोषणा गरेका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै उनले इरान र अन्य मध्यपूर्वी देशहरूको विशेष आग्रहमा यो निर्णय लिइएको जानकारी दिएका हुन्।
आफ्नो पोष्टमा राष्ट्रपति ट्रम्पले अमेरिका इरानविरुद्ध दोस्रो विश्वयुद्धपछिकै उच्च स्तरको सैन्य शक्ति र सामथ्र्यका साथ प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन्। तर, इरान र मध्यपूर्वी राष्ट्रहरूबाट सम्भावित सम्झौताको खाका (पेरिमीटर) तयार भइसकेको र आक्रमण रोक्न अनुरोध आएपछि विश्वको भविष्य तथा समृद्ध इरानको अस्तित्वलाई ध्यानमा राखेर यो कदम चालिएको उनले प्रस्ट्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)